कास्की २ः आजै मतगणना हुने, साढे १० बजेबाट गन्ने सहमति

पोखरा, मंसिर १४ ।
कास्की २ को मतगणना आजैदेखि सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले साढे १० बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । बैठका सबै दलले आजै गणना गर्न सहमति जनाएका थिए । शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६४ प्रतिशत मत खसेको छ ।

कुल ७१ हजार ८ सय ७१ मतदाता रहेको यहाँ ४५ हजार ५ सय ६३ जनाले मतदान गरेका हुन् । २० हजार ७ सय ८४ पुरुष र २४ हजार ७ सय ७९ महिलाले मतदानमा भाग लिएका निर्वाचन कार्यालय कास्कीले जनाएको छ । वडागत तथ्यांक भने कार्यालयले दिएको छैन । यहाँ २१ जना उम्मेदवार छन् ।