कास्की सबैभन्दा भ्रष्ट जिल्ला ?

पोखरा, भदौ १० ।
अख्तियारमा परेको उजुरीका आधारमा गण्डकी प्रदेशभित्र सबै भन्दा बढी भ्रष्टाचार हुने जिल्ला कास्की हो । यद्यपी सबै उजुरीमा दोष नहुन पनि सक्छ । कास्कीमा अघिल्लो बर्ष ३ सय ४६ वटा उजुरी परेको थियो भने सबैभन्दा कम मनाङबाट एउटा मात्रै उजुरी परेको छ ।

मुस्ताङ, गोरखा लगायतका जिल्ला कम उजुरी पर्ने जिल्ला हुन् । कास्कीपछि पर्वत, तनहूँ, स्याङजामा बढी भ्रष्टाचार भएको छ । परेका उजुरीमध्ये ५० वटा उजुरीको विस्तृत अनुसन्धान भएको छ । एकबर्षभित्र २५ लाख रुपैयाँ असुल उपर भएको छ भने १० लाख ४१ हजार असुलीका लागि पत्र पठाईएको कार्यालयले जनाएको छ ।

गत बर्ष ७ सय ३३ वटा उजुरी अख्तियार पोखरामा दर्ता भएको थियो । उजुरीमध्ये स्थानीय सरकारप्रतिको गुनासो बढी छ भने शिक्षा र स्वास्थ्य पनि उत्तिकै दोषी मानिएको छ । (विस्तृत समाचार आउँदैछ ।)