कास्की बामको अभेध्य किल्ला–अधिकारी

पोखरा, मंसिर १८ ।
वाम गठबन्धन कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारीले कास्की अवदेखि वामको अभेध्य किल्ला हुने बताएका छन् । विगतमा जनतालाई कहिल्यै नढाँटेको भन्दै उनले सबै प्रतिबद्धता पूरा गरेको दावी गरे । विकासको बहसलाई राजनीतिको मध्यविन्दुमा ल्याउन सफल भएको उनी बताउँछन् ।
पोखरा १७ मा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले मतदान जनताको अधिकार भएकाले कुनैपनि बहानामा अधिकारबाट बञ्चित नहुन आग्रह गरे । उनले पोखरा ८, १७ र ३३ नम्बर वडाका विभिन्न टोलहरुमा कोणसभा र घरदैलो गरेका थिए ।
कोण सभामा वाम गठबन्धन कास्की क्षेत्र नम्बर २ (क) का प्रदेशसभा उम्मेदवार कृष्ण थापाले विगतका अनुभव प्रयोग गरेर समृद्धीका लागि चुनावी प्रतिष्पर्धामा सहभागी भएको बताए ।