कास्की काँग्रेसले जिल्ला सम्मेलन गर्ने

पोखरा, जेठ ५ ।

नेपाली काँग्रेस कास्कीले जिल्ला सम्मेलन गर्ने भएको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकले जेठ १७ र १८ गते सम्मेलन गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । १७ गते जिल्ला सम्मेलन उद्घाटन गरिने छ । पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गर्ने छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सम्मेलनलाई सम्बोधन गर्ने छन्।

सम्मेलनको दोस्रो दिन १८ गते जिल्ला कार्य समिति कास्कीको तर्फबाट राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेश गरिने छ । सम्मेलनमा कास्कीका क्षेत्रीय प्रतिनिधि र अगुवा कार्यकर्ता गरी सात सय बढि सहभागी हुने छन् । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।