कास्की अपडेटः कास्कीमा नेकपा साढे ४ हजार मतले अगाडि
पोखरा, मंसिर १५ ।
कास्की क्षेत्र नम्बर दुईमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगाडि देखिएको छ । नेकपाकी उमेदवार विद्या भट्टराईले अहिलेसम्म ६ हजार ७ सय ९८ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ९५ मत प्राप्त गरेका छन् ।
नेकपा उमेदवार भट्टराई कांग्रेसका पौडेलभन्दा ३ हजार ७ सय ३ मतले अघि छन् । अहिलेसम्म वडा नम्बर ३३ र २१ को मतगणना सकिएको छ ।
३३ नम्बर वडामा १ हजार १ सय ६५ मतले पछि परेको काँग्र्रेस २१ नम्बर वडामा २ हजार ५ सय ४३ मतले पछि परेको हो । ३३ मा नेकपाले ३ हजार २ सय ७६ मत ल्याएको थियो भने काँग्रेसले २ हजार १ सय १५ मत पाएको थियो । २१ नम्बर वडामा नेकपाले ३ हजार ५ सय २३ मत पाउँदा काँग्रेसले मात्रै ९ सय ८० मत पायो ।