कास्कीमा ६७ प्रतिशत मत खस्यो

पोखरा, मंसिर २१ ।
कास्कीमा प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा ६७ प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ६७ प्रतिशतको हाराहारीमा मत खसेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।
जिल्लामा ३ सय ५० मतदान स्थल र ३ सय १७ मतदान केन्द्रबाट मतदान गरिएको हो ।