कास्कीमा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो

पोखरा, मंसिर २१ ।
विहान ११ बजेसम्म कास्कीमा ३० प्रतिशत मत खसिसकेको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ३० प्रतिशत मत खसेकाले समयमै मतदान सकिनेछ । कास्कीमा २ लाख ५५ हजार मतदाता छन् । १ सय ५० मतदान स्थलमा ३ सय १७ मतदान केन्द्रबाट मतदाताले मतदान गरिरहेका छन् ।