कास्कीमा हँसियाले हान्दा १ जना घाईते

पोखरा, साउन १४ ।
कास्कीको मादी गाउँपालिका १२ हाँडीखोलामा हँसियाले हान्दा एक जना घाईते भएका छन् । ६९ बर्षिय मीनबहादुर भुजेल र ६० बर्षिय रुमबहादुर क्षेत्री बीच जग्गाको बिषयमा विवाद हुँदा एकअर्कालाई प्रहार गरेका हुन् ।

घटनामा क्षेत्री घाईते छन् । उनको सामुदायिक अस्पताल शिशुवामा उपचार भैरहेको छ । प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।