कास्कीमा बृद्धा मृत भेटिईन्, हत्या भएको आशंका

पोखरा, कार्तिक १३ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ नयाँपुलकी बृद्धा कौशिला गुरुङ मृत भेटिएकी छिन् । उनको हत्या भएको हुनसक्ने स्थानीयको आशंका छ । घरमा परिवारका कोहीपनि नभएको बेला आईतबार राती उनले लगाएका सुनका गहना लुट्न हत्या गरिएको हुन सक्ने माछापुच्छ्रे ८ का वडासदस्य नवीन रानाले बताए ।

बृद्धा जेठो छोरा चित्रबहादुर गुरुङ सँग बस्दै आएकी थिईन् । छोरा आईतबार विहान रिभान गएका थिए । बृद्धाको सोही राती मृत्यु भएको हो । उनको छानी र खुट्टामा चोट लागेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।