कास्कीमा जीप दुर्घटना, एकजनाको मृत्यु

पोखरा, पुस २२ ।
कास्कीको अन्नपूर्ण गाँउपालिकामा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नँयापुलबाट अन्नपुर्ण ११ मिचुतर्फ जाँदै गरेको ग १ ज ५१९७ नम्बरको जिप सडकबाट खस्दा ३५ बर्षिय भीम बहादुर खत्री क्षेत्रीको मृत्यु भएको हो ।

जीप सडक देखी करिब ३ सय मिटर तल खस्दा जिप चालक कास्कीको अन्नपुर्ण गाँउपालिका ५ झोबाङ क्षेत्रीको घटना स्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।