कास्कीमा चिरपटले हानेर श्रीमतीको हत्या

पोखरा, फागुन १ ।
कास्कीको मादी गाउँपालिकामा चिरपटले हानेर श्रीमतीको हत्या गरेका छन् । सोमबार राती विकले आफ्नो श्रीमतीलाई चिरपाटे दाउराले टाँउकोमा प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । श्रीमान श्रीमती रक्सी खाएर बेला–बेलामा झगडा गर्ने गरेको एक स्थानीयले बताए । ‘जहिले पनि झगडा गर्थे,’ स्थानीयले भने, ‘दुवै रक्सी खाएर झगडा गर्थे ।’
सोमबार राती ८ बजे रक्सी दुवै रक्सीले मातिएकाथिए । त्यसपछि श्रीमान श्रीमती वीच झगडा सुरु भयो । एक आफसमा हानाहान हुँदा श्रीमानले एक्कासी चिरपटे दाउराले टाउकामा हानेका थिए । त्यस रात केही थाहा भएन । मंगलबार बिहान थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि कास्की प्रहरीबाट गएको एक टोलीले श्रीमानलाई पक्राउ गरेको हो ।