कास्कीमा कुन पालिकाको बजेट कति ?

पोखरा, असार १२ ।
कास्कीका सबै पालिकाले बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि असार १० गते सबै पालिकाको बजेट आएको हो । रुपाले ९ गते नै बजेट सार्वजनिक गरेको थियो ।

कास्कीका ५ पालिका मध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकाको बजेट छ । पोखराले ७ अर्व १५ करोडको बजेट ल्याएको हो । मादीले ८८ करोड ८२ लाखको बजेट सार्वजनिक गरेको छ ।

यस्तै, माछापुच्छ्रेले ६१ करोड ६२ लाख, अन्नपूर्णले ५८ करोड ७८ लाख र रुपाले ४३ करोड २९ लाखको बजेट ल्याएका हुन् ।