कास्कीमा काँग्रेसले खाता खोल्यो, २ (ख) मा विन्दु बिजयी

पोखरा, मंसिर २३ ।
कास्कीमा नेपाली काँग्रेसले खाता खोलेको छ । कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा काँग्रेस उम्मेदवार विन्दुकुमार थापा विजयी भएका हुन् । उनले वाम गठबन्धनका साझा उम्मेदवार माओबादी कास्कीका इन्चार्ज राजकाजी गुरुङलाई ८ सय २ मतान्तरले पराजीत गरे । थापाले १० हजार ७ सय २६ मत पाउँदा गुरुङले ९ हजार ९ सय २४ मत पाएका छन् ।
बिजयी भएपनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी छ ।