कास्कीमा काँग्रेसको जागरण अभियान तीब्र

 

पोखरा, ३० भदौ ।

नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत कास्कीमा दोस्रो चरणका कार्यक्रम तीव्र पारिएको छ ।

कास्कीका ३ वटा निर्वाचन क्षेत्रका प्रत्यक वडामा कार्यक्रम सञ्चालन भैरहेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । उनका अनुुसार प्रदेश समितिले कार्यक्रम तय गरी वडावडामा कार्यक्रम सञ्चालन गरेको हो ।

पोखरा २९ मा आयोजित कार्यक्रममा केन्द्रीय प्रतिनिधि ऋषिकेश तिवारीले जनताको विश्वास काँग्रेसमा नै रहेको बताए । ‘जनताले हामीलाई नै विश्वास गरेका छन्’ उनले भने, ‘जनचाहाना पूरा गर्ने दायित्व हाम्रै काँधमा छ ।’

पूर्वमन्त्री यज्ञबहादुर थापाले राजनीतिमा हार जित स्वभाविकै भएको भन्दै कसैको पनि सधंै हार र सधैं जित नहुने बताए ।

सो अवसरमा महिला नेतृ कोपिला रानाभाट, काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बिर्जमान गुरुङ, प्रजातन्त्र सेनानी भोजराज भण्डारी, जिल्ला सदस्य रामबाबु भण्डारीले बोलेका थिए ।

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २९ का सभापति दीपकमणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति उदय बस्नेतले स्वागत र क्रियाशील सदस्य पदम गुरुङले सञ्चालन थिए ।

त्यस्तै, रुपा गाउँपालिका ७ मा पनि जागरणसभा गरिएको छ । केन्द्रीय प्रतिनिधि ऋषिकेश तिवारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियार, पूर्व मन्त्री यज्ञबहादुर थापा, महासमिति सदस्य गिरिराज गौतम, बुद्विमान गुरुङ, जिल्ला सदस्य नारायणकुमार श्रेष्ठ, राजेन्द्रमणि लामिछाने, क्षेत्रीय सचिवप्रेमकुमार श्रेष्ठ, नेता प्रकाश खनाल, नवीनबाबु पौडेल, नेतृ गिमाया गुरुङ र वडाध्यक्ष दयासागर सुवेदीले बोलेका थिए ।

नेपाली काँग्रेस रुपा ७ का सभापति चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति मोती श्रेष्ठले स्वागत र सचिव अर्जुनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।