कास्कीको समानुपातिक मत, एमाले पहिलो पार्टी

प्रकाश ढकाल
पोखरा, मंसिर २६ ।
कास्कीमा समानुपातिकतर्फको मतमा पनि नेकपा एमाले पहिलो पार्टी बनेको छ । प्रतिनिधीसभा तर्फ ८२ हजार ६ सय ४८ मत ल्याएर एमाले पहिलो बनेको हो । उसले काँग्रेसको भन्दा २१ हजार ८ सय ५९ मत बढी ल्याएको हो । काँग्रेसको ६० हजार ७ सय ८९ मत छ । तेश्रो बनेको नेकपा माओवादी केन्द्रको निकै कम मत छ । माओवादी केन्द्रले १३ हजार ८ सय ८१ मत मात्रै पायो । कास्कीबाट विवकेशील साझा पार्टी चौंथो भयो भने राप्रपा, संघीय समाजवादी फोरम र नयाँशक्ति नेपाल क्रमशः पाचौं, छैठौं र सातौं भएका छन् । विवकेशीलले ७ हजार ३ सय २७, राप्रपाले ३ हजार ३ सय ३, संघीय फोरमले १ हजार ३ सय ८७ र नयाँ शक्तिले १ हजार १ सय ६३ मत पाए । प्रतिनिधीसभा तर्फ ७ हजार २ सय ६१ मत बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
प्रदेशसभा तर्फ पनि नेकपा एमाले नै पहिलो बन्यो । एमालेले ७७ हजार ४ सय ८७ मत पाउँदा काँग्रेसले ५८ हजार १ सय ७२ मत पायो । प्रतिनिधीसभामा भन्दा प्रदेशसभामा एमाले र काँग्रेसको मतान्तर कम छ । प्रदेशसभामा १९ हजार ३ सय १५ बढी मत एमालेले पायो । प्रदेशसभामा पनि प्रतिनिधीसभा जस्तै माओवादी केन्द्र तेश्रो भयो । माओवादीले १६ हजार ५ सय ४५ मत ल्याएको छ । यो मत प्रतिनिधीसभाको भन्दा २ हजार ६ सय ६४ मत बढी पाएको हो । विवेकशील साझा पार्टीले ५ हजार ६ सय २४, राप्रपाले ३ हजार ६ सय १०, संघीय समाजवादी फोरमले १ हजार ८ सय ५१ र नयाँ शक्ति नेपालले १ हजार ५ सय ३६ मत पाए । प्रदेशसभामा ७ हजार २ सय ७१ मत बदर भयो । यो मत ठूला ३ दल बाहेक अरु दलले ल्याएका मत भन्दा बढी हो ।
प्रतिनिधीसभामा लिवरल डेमोक्रेटिक पार्टीले जिल्लाभर १ भोट पनि ल्याएन । १७ वटा पार्टीले १० भोट पनि कटाएन । नेपाल सुकुम्वासी पार्टी, देशभक्त समाज र नेपाल संघीय समाजवादी पार्टीले १÷१ भोट ल्याए । देशभक्त लोकतान्त्रिक पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल समाबेशी पार्टी र नेपाल दर्शनले २÷२ भोट पाए । जनप्रजातान्त्रिक पार्टी ३, नेकपा माक्र्सवादी र संघीय खम्बुवान लोकतान्त्रिक पार्टी ४÷४, नेपाः राष्ट्रिय पार्टी ५, नेपाल जनवादी पार्टी ६, राष्ट्रिय समाजवादी पार्टी ७, नेपाल युवा किसान पार्टी र युवा नेपाल पार्टी ८÷८, हाम्रो पार्टी ९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले १० मत ल्याएका छन् । अरु दलले १० भोट कटाएका छन् । जिल्लाभर समानुपातिकमा ४९ दल थिए भने प्रदेशमा २० दल सहभागी थिए ।
२ लाख ५५ हजार ४ सय ५२ मतदाता रहेको कास्कीमा प्रदेशसभा र प्रतिनिधीसभामा दुवैमा समान १ लाख ८० हजार ५ सय ७३ मत खसेको थियो । मंसिर २१ गते चुनाव भएको कास्कीमा २२ गते दिउँसो १ बजेदेखि मतगणना थालिएको थिएको । प्रत्यक्षतर्फका सबै मतपरिणाम २३ गते नै आईसकेको थियो । प्रत्यक्षको मतगणना सकेर समानुपातिक तर्फको मत गनिएको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए ।