कास्कीको राजनीतिक पहिचान बनाउँछुः बराल

पोखरा, कात्तिक २९ ।
कास्की क्षेत्र ं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले कास्कीको राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । ‘कास्की प्राकृतिक सुन्दरता, तालतलैयाले मात्र चिनिएको छ, उहाँले भन्नुभयो – अब राजनीतिक पहिचान पनि बनाउनुपर्छ,’ उनले भने ।

उनले मतदाताले गर्वको अनुभुति गर्ने गरी आफूले संसदमा काम गर्ने उल्लेख गरे । बलियो संसद निर्माणका लागि आफूले भुमिका निर्वाह गर्ने उनको भनाइ छ । मतदाताबाट प्राप्त प्रेम, सद्भाव र विश्वासले आफूलाई उत्साहित बनाएको बताए ।

‘‘मतदाताले ढुक्क हुनहोस्, विजयी हुनुहुन्छ भन्नुभएको छ,’ उनी भन्छन्, ‘निकै उत्साहका साथ मतदाता भेटघाटमा छु ।’ उनले राजनीतिमा अनुशासन, मर्याद र शुद्वता आवश्यक रहेको बताए । उम्मेद्बार बरालले वर्तमान शिक्षा व्यवस्थामा परिवर्तन गरी शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने उल्लेख गरे ।

कृषि, पर्यटन, शिक्षा, बेरोजगारीको अन्त्य र आयात प्रतिस्थापनमा जोड दिए । पोखरा १४ मा सोमबार मतदाता भेटघाट र घरदैलो गर्दै उहाँले गठबन्धनको सरकारले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीन सुकुम्बासीलाई लालापूर्जा उपलब्ध गराउने बताए । कास्की क्षेत्र नं १(ख) प्रदेश सभा उम्मेद्बार दीपक गुरुङले जनताको दुःख र सुखमा सदैव साथमा रहने बताए ।