कास्कीको मतगणना शनिबारबाटै सुरु हुने

पोखरा, मंसिर १४ ।
कास्की क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना शनिबार राति देखी नै सुरु हुने भएको छ ।
शनिबार राति १० बजे पछि मतगणना हुने निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । साँझ ८ बजेसम्म सबै मतपेटिकाहरु जिल्ला समन्वय समिति कास्कीमा ल्याइसक्ने र दलहरुसंग बैठक बस्ने तय भएको कार्यालयले जानकारी दिएको छ ।
दलहरुसंगको छलफल पछि राति १० बजे मत गणना शुरु गर्ने साहेक निर्वाचन अधिकृत रामचन्द्र उपाध्ययले जानकारी दिए । राति नै गणना गर्ने सहमति नभएमा मात्रै आइतबार बिहानबाट गणना गर्न शुरु गर्ने बताए ।
गणना गर्ने स्थान जिल्ला समन्वय समितिको हलमा सिसि क्यामेरा र तार जाली लगाएर तयार पारीएको उनले बताए ।