कास्कीको मतगणना भोलिदेखि

पोखरा, मंसिर २१ ।
दोश्रो चरण अन्तर्गत कास्कीमा विहिबार भएको निर्वाचनको मतगणना शुक्रबार (भोलि) देखि हुने भएको छ । विहिबार राती सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने र शुक्रबारदेखि मतगणना थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ ।
यसका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार विहान ८ बजेका लागि सर्वदलिय बैठक आह्वान गरेको छ । सर्वदलिय बैठकको निर्णय अनुसार शुक्रबार देखि नै मतगणना थाल्ने मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए ।
३ वटा निर्वाचन क्षेत्र रहेको कास्कीको मतगणना छुट्टाछुट्टै ठाउँमा हुनेछ । क्षेत्र नम्बर १ को क्षेत्रीय शिक्षा निर्देशनालय, २ को सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय र ३ को जिल्ला समन्वय समितिमा मतगणना हुनेछ ।