कास्कीको कालिका मतदान केन्द्रमा झडप

पोखरा, मंसिर २१ ।
कास्की क्षेत्र नम्बर ३ स्थित कास्कीकोटमा रहेको कालिका मावि मतदान केन्द्रमा झडप भएको छ । फरक पार्टीले आफ्ना कार्यकर्ताको भोट जबरजस्ती हालेको आरोप लगाउँदै बाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप भएको हो । अहिले स्थिती सामान्य छ ।
मतदाताहरु मतदानका लागि लाईनमा छन् । प्रहरी घटनास्थलमा खटाईएको पत्रकार गौरव त्रिपाठीले जानकारी दिए ।