कास्कीको अन्नपूर्ण गाउँपालिकामा हेलिकोप्टर ल्याण्ड गरे कारबाही !

पोखरा, साउन २२ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्र हेलिकोप्टर ल्याण्ड गर्न निषेध गरेको छ । गाउँसभाबाटै निर्णय गरेर हेलिकोप्टरलाई निषेध गरिएको हो । विशेष गरी अन्नपूर्ण बेसक्याम्पमा जथाभावी हेलिकोप्टर लैजाने र त्यसले पर्यावरणमा असर परेको भन्दै यसलाई रोक्न गाउँपालिका सक्रिय भएको हो ।

पहिलो चरणमा हेलिकोप्टरका कम्पनीहरुसँग आग्रह गर्ने र अटेर गरे कारबाही हुने गाउँपालिका अध्यक्ष युवराज कुवँरले जानकारी दिए । कानुन विपरित आर्थिक उपार्जनका लागि यसरी हेलिकोप्टर उडाउने चलन पछिल्लो समय निकै बढिरहेको छ ।