कास्कीका सिडियोको सरुवा, नयाँ सिडियोमा बुढा आउने

पोखरा, साउन ९ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको सरुवा भएको छ । उनको अध्यागमन कार्यालयमा सरुवा भएको हो ।

अधिकारीको सरुवासँगै कास्कीमा मकवानपुरका सिडियो चक्रबहादुर बुढा आउने भएका छन् । गृह मन्त्रालयले बुधबार सिडियो हेरफेर गरेको हो ।