कास्कीका सहायक सिडियो बरालको गाडी नेकपाकै कार्यकर्ताले रोके

पोखरा, चैत २ ।
सार्वजनिक विदाका दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको गाडी (नेपाल कम्युनिष्ट पार्टी) नेकपाकै कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । शनिवारको दिन बराल सरकारी गाडी लिएर परिवारसहित घुम्न गएका थिए । सरकारी गाडीमा परिवार लिएर घुम्न हिडेको भन्दै मादी ५ सुनपँदालीमा उनको गाडी नियन्त्रणमा लिईएको बताईएको छ ।

अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटाको टोलिले उनको गाडी रोकेको हो । आगामी दिनमा सरकारी सम्पत्ति दुरुपयोग नगर्न आग्रह गर्दै गाडी छोडिएको सापकोटाले बताए ।

गाडी समातिएपछि आगामी दिनमा सार्वजनिक विदाका दिन सरकारी गाडीमा ननिस्किने सहायक सिडियो बरालले बताए । ‘शनिवारको दिन आफ्नो क्षेत्र हेरौं र प्रहरी चौकीको पनि निरीक्षण गरौं भनेर गएको हो, उनले भने–आज गैहाल्यौं । अवदेखि जाँदैनौं ।’ कालिका गएको उनले बताए । उनी इलाका प्रशासन कार्यालय लेखनाथमा कार्यरत छन् ।