कालीगण्डकीमा बाढी, सतर्क रहन आग्रह

बेनी, भदौ २७ ।
धौलागिरी हिमाल फेदी क्षेत्रमा परेको भीषण वर्षापछि म्याग्दी खोला र राघुगंगा खोलामा पानीको सतह तीब्र रुपमा बढ्दै गएको छ । म्याग्दी र राघुगंगा खोलाको बाढी मिसिएपछि कालीगण्डकी नदीमा पानीको बहाव बढ्ेको छ ।

नदीमा पानीको सहत बढेपछि जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । धौलागिरी गाउँपालिका ४ मुदीको माथिल्लो भेग र रघुगंगा गाउँपालिका, ८ कुईनेमंगलेको माथिल्लो धौलागिरी वेस क्याम्प क्षेत्रमा भिषण बर्षा भएकोले एक्कासी बाढी आएको हो ।

‘धौलागिरी वेसनमा भीषण वर्षापछि कालीगण्डकीका सहायक नदी रघुगंगा र म्याग्दी खोलामा बाढी आएको छ । तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन सूचना गरेका हौं’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने–रघुगंगा गाउँपालिका, ८ मंगले क्षेत्रमा बाढीले स्कूल समेत बगाएको खबर छ ।’

File Photo