कानुनमन्त्री यज्ञबहादुर थापाले कास्कीबाट मत हाले

पोखरा, मंसिर २१ ।
कानुन, न्याय तथा संसदीय ब्यवस्था मन्त्री, काँग्रेस नेता यज्ञ बहादुर थापाले कास्की क्षेत्र नम्बर १ बाट मतदान गरेका छन् । उनले आफ्नै मतदान केन्द्रबाट आफुँ र नेपाली काँग्रेसको पक्षमा मतदान गरेको बताए । थापाले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ बिजयपुर स्थित कालिका मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
थापाले आफ्ना विगतको प्रगति र जनताप्रतिको उत्तरदायित्वले चुनाव जित्ने दावी गरे । थापा कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार हुन् । ‘मैले आफ्नो कार्यकालमा जति काम गरेँ । त्यो मेरा लागि जीतको आधार हो, थापाले भने–पुनः मतदाताले मलाई विश्वास गर्नेछन् । थप जिम्मेवारी पाउनेछु भन्ने विश्वास छ ।’ उनी २०७० को निर्वाचित सांसद हुन भने २०६४ मा पराजीत भएका थिए ।