काठमाण्डौंमा ट्रकको ठक्करले मृत्यु भएका दुई गोरखाली को हुन् ?

पोखरा, कार्तिक ११ ।
दुईदिन अघि काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा शुक्रबार ट्रकको ठक्करबाट गोरखाका दुईजनाको मृत्यु भयो । बाटोमा हिड्दै गरेका उनीहरुलाई ट्रकले एक्कासी ठक्कर दियो ।

लोलाङ हाइटबाट बालाजुतर्फ आउँदै गरेको ना ६ क ७८२६ नम्बरको ट्रकले पैदलयात्री तिलकुमारी तिवारी र उनका नाति ४ वर्षका आर्जित तिवारीलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

दुवैजना गोरखा शहीद लखन गाउँपालिका बुंकोटका हुन् । लामो समयदेखि लोलाङ हाइटमा डेरा गरि बस्ने उनीहरु शहीद लखन गाउँपालिकाकी उपाध्यक्षकी सासु र भतिजा पर्छन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुको ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी सावित्री पुडासैनीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।