कांग्रेस हारेपनि बिपी विचारले जितेको छ–विश्वप्रकाश शर्मा

चितवन, पुस १८ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीय रुपमा कमजोर भए पनि बिपीको विचारको जित भएको बताएका छन् । नेपाली कांग्रेस, चितवनले आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको मेलमिलाप र अबको कांग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै उनले कांग्रेस हारे पनि देशको जित हुनुपर्ने बताए ।
बिपीको विचारलाई मनन गर्दै कम्युनिस्ट अघि बढ्न थालेको भन्दै उनले अहिलेको हारबाट कांग्रेस कार्यकर्ता आत्तिनुपर्ने अवस्था नरहेको भनाइ राखे । बल र बन्दुकबाट सत्ता प्राप्ति हुँदैन भन्ने बिपीको विचारमा कम्युनिस्ट आइरहेको उनको भनाइ थियो । कांग्रेसले मधेस पहाड तराई जोड्न सकेको भन्दै शर्माले बिपीले देखाएको बाटोमा हिँड्नु अहिलेको आवश्यकता रहेको बताए ।