कांग्रेस बैठक आज पनि

काठमाण्डौं, माघ ५ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । शुक्रबार ११ बजेदेखि पुन बैठक बस्ने गरी बिहिबारको बैठक टुंगिएको थियो । बैठकमा पार्टी सभापति शेर बहादुर देउवाको नेताहरुले आलोचना गरेका थिए। निर्वाचनमा पराजयको विषयलाई लिएर त्यसको गम्भीर समिक्षा गर्न नेताहरुले माग गरेका थिए ।
देउवाले भने निर्वाचनको समिक्षा पछि गर्ने भन्दै अहिले राष्ट्रियसभा निर्वाचनका विषयमा बोल्न आग्रह गरेका थिए । त्यस्तै प्रदेशको अस्थायी राजधानी निर्धारण र प्रदेश प्रमुख नियुक्तिको विषयमा पनि आलोचना भएको थियो ।