कांग्रेस प्रवक्तामा गगन थापा

काठमाडौं, कार्तिक ७ ।
नेपाली कांग्रेसले युवा नेता गगन थापालाई प्रवक्ताको जिम्मेवारी दिने भएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार थापालाई प्रवक्ताको जिम्मेवारी लिन औपचारिक रुपमा प्रस्ताव गरेका छन् ।
लामो समयदेखि कांग्रेसको प्रवक्ता पद रिक्त थियो । यसअघि उक्त जिम्मेवारी दिलेन्द्र वडुले सम्हालेका थिए ।
थापालाई प्रवक्ता बनाउने निर्णय भए पनि औपचारिक पत्र भने बुधबार दिइने बताइएको छ ।