कांग्रेस नेता खतिवडाले प्रस्ताव गरेपछि वामदेवले भने–म संसदमा आउँछु

काठमाण्डौं, कार्तिक १६ ।
नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले चुनावका बेला जनतामा लगेको घोषणा पत्र कार्यान्वय गर्न आफू संसदमा आउने बताएका छन् ।

घोषणापत्र बनाउने संयोजकलाई वेवास्ता गर्दा जनताका अपेक्षा पूरा हुन नसकेको उनको भनाइ थियो । गुरु लुइटेल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता गौतमले प्रतिनिधिसभाको बाँकी ४ वर्ष ४ महिनाको कार्यकाल भित्रमा आफू संसदमा आउने दाबी गरेका हुन् ।

२०६४ सालको संविधानसभा चुनावमा दुई ठाउँबाट पराजित माधवकुमार नेपाल संसदमा आएर प्रधामनन्त्री हुन हुने वामदेव कुन किन नहुने ? भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्व सांसद रामहरि खतिवडाले प्रश्न गरेपछि गौतमले आफू संसदमा आउने बताएका हुन् । गौतमले दुई तिहाइ मत भएकोे सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए ।