कांग्रेस केन्द्रीय समितिको बैठक विहिबार

काठमाण्डौं, माघ २ ।
आउँदो विहिबार नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विहिबारका लागि बैठक आह्वान गरेका हुन् । बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरपछि लगतै नेताहरुले केन्द्रीय समिति र महासमिति बैठक माग गर्दै आएका थिए । तर, प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शीर्ष नेताहरुसँग मात्र परामर्श गर्दै आएका थिए ।