कांग्रेससहित ६ दलको समानुपातिक सांसद सच्याउन आयोगको निर्देशन

काठमाडौं, पुस १८ ।
नेपाली कांग्रेससहित ६ वटा दलले प्रदेशससभा सदस्यको समानुपातिकतर्फ बुझाएको सांसदको नामावली नमिलेको निर्वाचन आयोगले जनाएको छ । आयोगले तत्काल नामावली सच्याउन निर्देशन समेत दिएको छ । समाबेशीको प्रावधानअनुसार ती पार्टीले बुझाएको नामावली नमिलेको आयोगले जनाएको छ ।
नेपाली कांग्रेससहित राजपा नेपाल,संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपालाई सूचि सच्याउन सोमबार आयोगले पत्रचार गरेको छ । ती दलहरुलाई तीन दिनभित्र सूचि सच्याएर पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता दिनेश घिमिरेले बताए । कतिपयको समावेशी प्रावधान नमिलेको र केहीको क्रम मिचिएको आयोगले जनाएको छ ।