कांग्रेसमा ९ पदाधिकारी ! निर्वाचन पद्धती चाहीँ सहमति जुट्न बाँकी

काठमाण्डौं, पुस १ ।
नेपाली कांग्रेसमा सभापतिसहित ९ पदाधिकारी राख्न नेताहरु सहमत भएका छन् । तर, निर्वाचन पद्धतीबारे सहमति जुट्न सकेको छैन । महासमिति बैठकमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल चलिरहँदा महामन्त्री पूर्णबहादुर खड्कासहितका नेताहरुले विधानका विवादित विषयमा सहमतिको प्रयास जारी राखेको छ ।

स्रोतका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री २÷२ जना राख्न नेताहरु सहमत भएका छन् । सभापतिसँगै कोषाध्यक्ष र प्रवक्ता भने एकएक मात्र रहनेछन् । तर, निर्वाचन पद्धतीमा सहमति जुट्न बाँकी छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरु निर्वा्चित पदाधिकारीको संख्या बढाउने पक्षमा छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सबै निर्वा्चित हुनुपर्ने मत राखेका छन् ।