कांग्रेसमा पदाधिकारीबारे सहमति जुटेन, गच्छदारले पाए २ सय महासमिति सदस्य
काठमाण्डौं, मंसिर २९ ।
नेपाली कांग्रेसमा महासमिति बैठकको अघिल्लो दिनसम्म पदाधिकारीबारे अझै सहमति जुटेन । तर, केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पास गरेको छ ।
तर, पार्टी सभापति शेबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला आ–आफ्नै प्रस्तावमा अडिएका छन् । देउवाले उसपभापति, महामन्त्री र सहमहामन्त्री २–२ बनाउने तथा पौडेलले ३–३ बनाउने प्रस्ताव राखेका छन् । महामन्त्री शशांक कोइरालाले भने पिरामिड शैलीमा उपसभापति २, महामन्त्री ३ र सहमहामन्त्री ४ प्रस्ताव गरेका छन् ।
अन्तिमसम्म सहमतिको प्रयास जारी राख्ने र नभए आ–आफ्नो प्रस्ताव लैजाने नेताहरुले बताएका छन् । बैठकले उपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रस्ताव संशोधनसहित पास गरेको छ भने महामन्त्री शशांक कोइरालाको सांठगनिक र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पास गरेको छ ।
गच्छदारलाई २०० महासमिति सदस्य
केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति विजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन फोरम लोकतान्त्रिकलाई २०० महासमिति सदस्य दिने निर्णय गरेको छ । साथै १५० पर्यवेक्षक हुनेछन् ।
गच्छदारले आम चुनावको पूर्वसंख्यामा पार्टी कांग्रेसमा विलय गराएका थिए । त्यसबेलाको सहमति अनुसार उनी उपसभापति भएपनि अरु नेताहरुलाई कांग्रेसले जिम्मेवारी दिएको छैन ।