कांग्रेसको विभागमा कास्कीबाट ११ मनोनित

पोखरा, साउन २६ ।
नेपाली कांग्रेसले गठन गरेको विभिन्न विभागहरुमा कास्कीबाट ११ जना मनोनित भएका छन् । शिक्षा विभागमा चिनु रानाभाट र डा. कृष्णप्रसाद पौडेल चयन भए ।
यातायात व्यवसायी समन्वय विभागमा केदार पौडेल, मुश्लिम विभागमा अब्दुल मजिद, संघीय मामिला तथा प्रदेश समन्वय विभागमा रामचन्द्र त्रिपाठी मनोनित भएका छन् । यस्तै, वन, वातावरण तथा विपद् ब्यवस्थापन विभागमा खेमकुमारी बराल, वित्तिय तथा सहकारी संस्था समन्वय विभाग डिल्लीराम तिवारी, स्थानीय तह समन्वय विभाग टेकनशोभा गुरुङ र तिलक रानाभाट छन् ।
केही समयअघि गठित तरुण विभागमा दिवसमान प्रधानाङ्ग र लेखबहादुर गुरुङ चयन भए । त्यसअघि पनि विभिन्न विभागमा कास्कीबाट मनोनित भएका छन् ।