कांग्रेसको निर्णयप्रति कसैले पनि विमती राख्नुपर्ने कारण छैन् : डा.महत

 

काठमाडौं, पुष १२ ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णयप्रति कसैलेपनि विमती राख्नुपर्ने कारण नभएको दावी गरेका छन् ।

शनिबार(आज) काठमाडौंमा आयोजित सक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले पार्टी सभापति शेरबहादुर देउवाले सवैको भावना समेट्नेगरी महाधिवेशनको मिति तोकेको दावी गरे ।

उनले केन्द्रीय कार्यसमिति बैठकमा उपस्थिति सदस्यहरुको सर्वसम्मतीले २०७७ फागुन ७ गतेदेखि फागु १० गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको बताउँदै यो सबैको चाहना भएको तर्क गरे ।

उनले हिजोको बैठकले विभागको संख्या थप्नेपनि निर्णय गरेको र सवैलाई आआफ्नो जिम्मेवारी पनि दिने उद्देश्य राखेको बताए ।

केन्द्रीय कार्य समितिको बैठकमा नेविसंघलाई पूर्णता दिनेबारे निर्णय भने नभएको जानकारी उनले गराए । डाक्टर महतले उपनिर्वाचन सम्पन्न भएपछि पार्टीमा फेरि अर्कै परिस्थिति सिर्जना भएको भन्दै यसलाई दुर्भाग्यको संज्ञा दिए ।

फरक प्रसंगमा नेता महतले नेपाल ट्रष्टको जग्गा मनपरी ढंगले लिजमा दिएर सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोपसमेत लगाए ।

उनले यस्तो बेलामा पार्टीको ध्यान सरकारको गलत क्रियाकलापबिरुद्धमा जानुपर्ने सुझाव पार्टी पक्तिलाई दिए ।

यस्तै एमसीसी कांग्रेसकै पहलमा सम्झौता भएको बताउदै महतले यसमा अनावश्यक विवाद उठाउनु ठिक नभएको तर्क गरे ।
(ईमेजखबरबाट साभार)