काँग्रेस ५ बर्षका लागि प्रतिपक्ष हो–कोइराला

पोखरा, पुस २३ ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आउँदो ५ बर्षका लागि काँग्रेस प्रतिपक्षमा बस्नुपर्ने बताएका छन् । ५ बर्षसम्म कम्युनिष्टलाई सरकार चलाउन दिएर काँग्रेसले बाहिरबाट सघाउनुपर्ने उनको धारणा छ । शनिवार पोखरामा आयोजित नेपाली काँग्रेसको नीति, संरचना एवं रणनीति बिषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले पूरानै सोंचले पार्टी चल्न नसक्ने भन्दै रुपान्तरणको लागि गुटभन्दा माथी उठ्न कार्यकर्तालाई निर्देशन दिए । उनले तत्कालै केन्द्रिय समितीको बैठक बोलाएर महासमिती बैठकको मिति तोक्नूपर्ने बताएका छन् । ‘पार्टी नेतृत्वले छिट्टै केन्द्रिय समिति बैठक बोलाउनुपर्छ । बैठकमा निर्वाचनका परिणामबारे समिक्षा गर्दै आगामी कार्यनीति तयार गर्नुपर्छ, उनले भने–अव पार्टी बचाउन गुटगत राजनीति छोडेर पार्टी र जनहितमा लागौं । फेरी पहिलो शक्ति बन्न सक्छौं ।’ पार्टीमा बैचारिक खडेरी परेको भन्दै बौद्धिक समूदायले पार्टीका नेताहरूलाई खबरदारी गर्नूपर्ने समय आएको उनको भनाई छ ।
कार्यक्रममा सहभागी बौद्धिक समूदायले काँग्रेसको नीतिगत अस्पष्टता र शिर्षनेताको नेतृत्व क्षमता कमजोर भएकै कारण पार्टीले क्षती ब्यहोरेको बताए । उनीहरुले पार्टीलाई “मासबेस” बाट “क्याडरबेस” मा रूपान्तरण गर्नूपर्ने सूझाब दिएका छन् । काँग्रेसले गरेका जनप्रिय र लोककल्याणकारी कार्यक्रमलाई पनि जनतासामू प्रचार गर्न नसकेको भन्दै सहभागीहरूले पार्टी विधान र संस्थागत हिसावले नचलेको प्रति गुनासो पोखे । कार्यक्रममा काँग्रेसका नेता देवराज चालिसेले काँग्रेसको नीति, संरचना एवं रणनीति” बिषयमा अवधारणापत्र प्रस्तूत गरेका थिए । गोष्ठीमा काँग्रेसको नीति, बिधान, रणनीति, सांगठानिक संरचना लगायतका बिषयमा छलफल गरिएको थियो । सोही अवसरमा प्राज्ञ प्रभातको ५ औं अंक पनि सार्वजनिक गरिएको थियो ।