काँग्रेस सभापति देउवालाई पोखरामा भब्य स्वागत (फोटोमा हेर्नुस्)

पोखरा, जेठ १७ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई काँग्रेसका भ्रातृ संगठनहरुले पोखरामा भब्य स्वागत गरेका छन् । काँग्रेस कास्कीले आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पोखरा आएका देउवालाई पोखरा एयरपोर्टमै पुगेर काँग्रेसका नेता कार्यकर्ताहरुले स्वागत गरे ।  
उनकै स्वागतका लागि तनहूँबाट कौराको विशेष टोलिाई पोखरा झिकाईएको थियो । यस्तै काँग्रेसका भ्रातृ संगठनहरु नेपाल तरुण दल, नेविसंघ लगाएतका नेता तथा कार्यकर्ताहरु एयरपोर्टमा भेला भएका थिए । एयरपोर्टबाट बाहिरिने क्रममा पोखरामा युवा काँग्रेसहरुले मोटरसाईकल ¥यालि निकालेका थिए ।
सभापति देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता गोपालमान श्रेष्ठ लगायतका नेताहरु पोखरा आएका छन् । सम्मेलनमा काँग्रेसका आन्तरिक रणनीति र आगामी कार्यदिशाका बारेमा छलफल हुनेछ ।