काँग्रेस भन्छ–लोकतान्त्रीक गठबन्धन बन्छ

काठमाडौं, असोज १८ ।
नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेको छ ।
एमाले, माओवादी र नयाँ शक्तिले चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरे लगतै कांग्रेसले पनि लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेको हो ।
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरुले अब लोकतान्त्रिक गठवन्धन बनाउनुको विकल्प नभएको धारणा राखे ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर लैजान ध्रविकरण नहोस् भन्ने थियो’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘तर, अब लोकतान्त्रिक गठवन्धन अपरिहार्य भएको छ ।’
लोकतान्त्रिक गठबन्धनका लागि राष्ट्रिय जनता पार्टी नेपाल सहितका अन्य दलहरुसँग छलफल गर्ने काँग्रेसले बताएको छ ।