काँग्रेस पोखरा १५ मा चुनावी प्रचार कार्यालय

पोखरा, कार्तिक २४ ।
नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ मा चुनावी प्रचार कार्यालय स्थापना भएको छ । कार्यालयको नेपाली काँग्रेसका नेता शिक्षा तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गरेका हुन् ।
ईकाई सभापति टोपबहादुर थापको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र पराजुली र जिल्ला सदस्य पिनबहादुर गिरीले स्वागत गरेका थिए । कार्यक्रममा कास्की २ का प्रदेशसभा (क) का निर्वाचन प्रचार समिति संयोजक केशर निर्दोषी (ख) का संयोजक वीरेन्द्रनारायण विजुक्छे, क्षेत्रीय सभापतिहरु बिजयराज आचार्य र माधव बास्तोला, क्षेत्र नम्बर २ का चुनावी प्रचार संयोजक शोभियतबहादुर अधिकारी लगाएतले बोलेका थिए ।
शुक्रबारको भेलाले पोखरा १५ मा ३ सय १ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ ।