काँग्रेस नेता प्रदिपले दिए पुनः मतगणनाको निवेदन

पोखरा, मंसिर २४ ।
नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) का उम्मेदवार तथा काँग्रेसका युवा नेता प्रदिप पौडेलले पुनः मतगणनाका लागि निवेदन दिएका छन् । माओबादी उम्मेदवार आसा खनालसँग ५ मतले मात्रै पराजीत उनले मतगणनाका बेला तलमाथी भएको भन्दै पुनः मतगणना गर्न आग्रह सहित निर्वाचन अधिकृतलाई निवेदन बुझाएका छन् ।
अन्तिम बुथको मतगणना गर्दा फर्जी मत फेला परेको उनको गुनासो छ । उनका अनुसार ४२ मत फर्जी भेटिएको छ ।