काँग्रेस नेता गोपालमानलाई लक्षित गरि बम प्रहार

पोखरा, मंसिर १७ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्गजामा बम प्रहार भएको छ । भीरकोट नगरपालिका वडा नम्बर ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह साढे ५ बजे उनको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको थियो ।
बम प्रहारबाट खासै ठूलो क्षती नभएको प्रहरीले जनाएको छ । उनको गाडी र सुरक्षाका लागि खटिएको स्कर्टिङको गाडी घटना स्थल कटेको २० सेकेण्ड पछि विष्फोट भएको थियो ।

घटनाबारे थप विवरण आउँदै छ ।