काँग्रेस निकट इन्जिनियरहरु संगठीत, गण्डकी प्रदेशको अध्यक्षमा पाण्डे

पोखरा, पुस २८ ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशको अध्यक्षमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा खेमराज कोइराला, सचिवमा राजीव रिमाल, सहसचिवमा अजित केसी र कोषाध्यक्षमा ध्रुवकुमार वाग्ले चयन भए ।

समितिको सदस्यहरुमा हेमप्रसाद गुरुङ, बलराम पाठक, सन्तोष ओझा, मनोज गिरी, सन्देश पराजुली, कृष्ण घिमिरे, पारस रेग्मी, अञ्जनदेव ढकाल, गणेश पाण्डे, विनोद शर्मा, अमित रौनियार, सन्दिप कँडेल र आदर्श लामिछाने चयन भए ।