काँग्रेस गोरखाले तोक्यो स्थानीय तहमा संयोजक (कुन तहमा को ?)

गोरखा, भदौ १६ ।
नेपाली काँग्रेस गोरखाले स्थानीय तहमा संयोजक र महिला संघको संयोजक तोकेको छ । काँग्रेस जिल्ला कार्यसमिती बैठकबाट निर्णय भएअनुसार आइतबार जिल्ला सभापति हरिबहादुर घलेले जिल्लाका ११ वटै स्थानीय तहमा संयोजक तोकेका हुन् । गोरखामा दुई नगरपालिका र नौ गाँउपालिका छन् । ‘सबै गाँउपालिकामा संयोजक तोक्ने भनेर हामीले केहि दिन अघि नै निर्णय गरेर सभापतिलाई जिम्मा दिएका थियौे’ जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले भने ।

स्थानीय तह निर्माण भएको लामो समय सम्म पार्टी संरचना निर्माण गर्न नसकेको काँग्रेसले बल्ल संयोजकहरु चयन गरेको हो । जिल्लाका ९ वटा गाउँपालिकामा गरी ९ जनाले संयोजक र सोही मात्रामा महिला संघको संयोजकको जिम्मेवारी पाएका छन् । जस अनुसार धार्चे गाउँपालिकाका माला गुरुङ संयोजकमा चयन भएका छन् भने महिला संयोजकमा फूलमाया गुरुङ चुनिएकी छिन् । त्यस्तै चुमनुब्री गाउँपालिकाका संयोजकमा सूर्य गुरुङलाई चयन गरिएको छ भने महिला संयोजक भने चयन हुन बाँकी रहेको काँग्रेस पार्टी कार्यालयले जनाएको छ ।

सिरानचोक गाउँपालिकामा कृष्णप्रसाद पोखरेल संयोजक बनेका छन् । त्यस्तै सोही गाउँपालिकाको महिला संयोजकमा रीता देवकोटा चयन भएकी छन् । त्यस्तै आरुघाट गाउँपालिकाका संयोजकमा गगन अधिकारी छनौट हँुदा महिला संयोजकमा कल्पना नेपाली जिम्मेवारी पाएकी छिन् । भीमसेन थापा गाउँपालिकाको संयोजकमा भरत भट्ट चयन भएका छन् भने महिला संयोजकमा बिनु वाग्लेलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, अजिरकोट गाउँपालिकामा संयोजकको जिम्मेवारी ओम गुरुङले पाउँदा महिला संयोजकमा चन्द्रमाया गुरुङ चयन भएकी छन् ।

त्यस्तै सहिद लखन गाउँपालिकाको संयोजकमा खुनप्रसाद रेग्मी छनौट भएका छन भने महिला संयोजकको जिम्मेवारी सर्मिला श्रेष्ठलाई दिइएको छ । गण्डकी गाउँपालिकाका संयोजकमा भीमप्रसाद अर्याल चयन भएका छन भने महिला संयोजकको भुमिका ललिता अधिकारीले पाएकी छिन् । यस्तै गरी बारपाक सुलीकोट गाउँपालिकाका संयोजकमा जीतबहादुर घले चयन भएका छन् । त्यहाँ महिला संयोजक भने अम्बिका थापालाई बनाइएका छ ।

यस अघि नै निर्वा्चित समिति रहेको दुई नगरपालिकामा भने पुरानै सभापतीलाई जिम्मेवारी दिइएको छ । जस अनुसार गोरखा नगरपालिकामा चन्दनबाबु खत्रीलाई संयोजक र बिनाकुमारी श्रेष्ठलाई महिला संयोजक बनेका छन् । त्यस्तै, पालुङ्टार नगरपालिकाको संयोजकमा नगरसभापती दीपकबाबु कँडेल चयन भएका छन् उनि त्यहाँका मेयर समेत हुन् भने महिला संयोजकमा चेतकुमारी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । उनी उपप्रमुखमा पराजित भएकी हुन् ।

संयोजक चयन भएका सबै स्थानीय तह अन्र्तगत पर्ने साबिकका गाउँपार्टी सभापतीहरु उक्त समितिको सदस्य रहेन काँग्रेसले बताएको छ । ‘स्थानीय तहमा हालका वडा संयोजकहरु नै सदस्य हुने र सचिव पछि संयोजकले तोक्ने भनेर निर्णय भएको छ’ उनले भने । चयन भएका संयोजकहरुले स्थानीय तहदेखि वडासम्मका पार्टी संगठनदेखि निर्माण गर्ने, स्थानीय बिकास निर्माण काम गर्ने, स्थानीय तहले गरेका काममा आवश्यक सहयोग गर्ने, गलत भएको ठाउँमा सञ्चाउन राजनितिक दबाब दिने लगायतको काम गर्ने जिल्ला सचिव न्यौपानेको भनाई छ ।–हाम्रो गोरखा