काँग्रेस कास्कीको पुनर्गठन, पदाधिकारीमा तीनजना थपिए (कुन पदमा को ?)

पोखरा, असोज १ ।
काँग्रेसक कास्कीको दोश्रो पटक पुनर्गठन गरिएको छ । लामो समयदेखि रिक्त रहेको काँग्रेस कास्कीको पदाधिकारीलाई पूर्णता दिईएको हो । मंगलबार बसेको बैठकले जिल्ला उपसभापतिमा आईबहादुर गुरुङ मनोनित भएका छन् । उनी काँग्रेसका पूराना नेता हुन् भने हाल महाधिवेशन प्रतिनिधिको रुपमा कार्यरत छन् ।

यस्तै, सचिवमा देवेन्द्र रानाभाट तथा सहसचिवमा रंगिला आचार्यलाई मनोनयन गरिएको छ । दुवैजना जिल्लाका निर्वाचित सदस्य हुन् । जिल्लाका नेता र पार्टीका पदाधिकारीहरुको बैठकले कार्यसमिति थपिएको हो । केही रिक्त सदस्यहरु पनि आगामी बैठकले पूर्ण गर्ने काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।

अव हाम्रो पदाधिकारी पूर्ण भएका छन् । बाँकी सदस्य र विभागहरु आगामी बैठकबाट पूर्ण गरिनेछ, केसीले भने–पदाधिकारीहरु सबै हिसावले समावेशी बनाएर ल्याएका छौं । यसले पार्टीको संगठनलाई चुस्त दुरुस्त पार्दै अग्रजदेखि युवा र नव पिढीँसम्म पनि पार्टीका कार्यक्रम लैजान सघाउनेछ ।’

सबै खालको सन्तुलन मिलेकोले पार्टीभित्रै पनि सकारात्मक सन्देश प्रवाह भएको उनी बताउँछन् । यसअघि मनोनयन गरिएकाहरुलाई सभापति केसीले केही महिनाअघि पदमुक्त गरेका थिए ।