काँग्रेस उम्मेदवार बराल मतदानका लागि रतनपाण्डे पुगे

पोखरा, मंसिर २१ ।
नेपाली काँग्रेसका युवा नेता तथा कास्की क्षेत्र नम्बर प्रदेशसभा (क) का उम्मेदवार गुरुप्रसाद बराल मतदानका लागि आफ्नो मतदान केन्द्र पुगेका छन् । क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बनेका उनी क्षेत्र नम्बर १ (ख) का मतदाता हुन् । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ को आर्वा स्थित रतनपाण्डे मावि मतदान केन्द्रबाट मत हाले ।
काँग्रेसको बिजयी अभियानमा सहभागी हुन आफुँले मतदान गरेको बराल बताउँछन् । उनले काँग्रेसले कास्कीबाट बहुमत पाउने दावी समेत गरे । ‘हामी ९ का ९ सीट काँग्रेसको पक्षमा पार्छौं, बरालले भने–जीत सुनिश्चित छ । बिजयका लागि तयार रहनु ।’