काँग्रेसले प्रदेशस्तरीय मिडिया सेन्टर चलाउने

पोखरा, कार्तिक २६ ।
नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय समिति अन्तर्गत ४ नम्बर प्रदेशको मिडिया सेण्टर पोखरामा स्थापना गरिने भएको भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वारको पक्षमा जनसमर्थन जुटाउन र विजयी बनाउन पार्टीको केन्द्रीय नीति अनुसार मिडिया सेन्टर स्थापना गर्न लागिएको हो । मुलुकका ७ वटै प्रदेशमा कात्तिक २७ गते सोमबार मिडिया सेन्टरको उद्घाटन गर्ने कार्यक्रम छ ।
पोखरामा स्थापना हुने प्रदेश नं. ४ को मिडिया सेन्टरको उद्घाटन कानुन न्याय तथा संसदिय मामिला मन्त्री यज्ञ बहादुर थापाले गर्ने केन्द्रीय मिडिया सेन्टरका सदस्य तेज प्रकाश पण्डितले जानकारी दिए । उनका अनुसार प्रदेश नम्बर ४ को मिडिया संयोजकमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीलाई जिम्मेवारी दिईएको छ ।
नेपाली काँग्रेस कास्कीको कार्यालयमा अपराह्न २ बजे हुने उद्घाटन समारोहमा काँग्रेसका नेता तथा प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरुले आ–आफ्नो भनाई समेत राख्ने छन् ।