काँग्रेसमा ७० कटेकालाई अवकाश लिन दवाव

काठमाण्डौं, मंसिर १९ ।
काँग्रेस नेता गगन थापाले पार्टीमा उमेर हदको प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यासमिति बैठक विधान संशोधन मस्यौदामाथिको छलफलमा थापाले मंगलबार ७० वर्ष उमेर पुगेका नेताहरु कार्यकारी पदबाट बाहिरिनुपर्ने प्रस्ताव गरे ।

आजको कान्तिपुर दैनिक लेख्छ–पार्टीका नेतृत्व तहमा रहेका नेताहरु नै अहिले ७० वर्ष माथिका छन् । पार्टी सभापति शेरबहादुर देउवा ७३ र नेता रामचन्द्र पौडेल ७४ वर्षका छन् ।

अहिले आन्तरिक शक्ति संघर्षका दुई कित्तामा रहेर नेतृत्व गरिरहेका देउवा र पौडेलअझैं विश्रमान लिन योजनामा छैनन् । बरु १४ औं महाधिवेशनमा पनि नेतृत्वमा पुग्न आन्तरिक रणनीति बनाउन व्यस्त छन् ।