काँग्रेसमा उम्मेदवारमाथी यस्तो मापदण्ड (हेर्नुस् पूरा पाठ)

काठमाण्डौं, असोज २१ ।
प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नजिकिँदै जाँदा नेपाली काँग्रेसले उम्मेदवार बन्ने मापदण्ड तय गरेको छ । काँग्रेसको कार्यसम्पादन समितिको बैठकले धेरै उम्मेदवारले दावी गर्न सक्ने र लगातार एउटै ब्यक्तिले फाईदा लिन सक्ने भन्दै त्यसलाई रोक्नका लागि नयाँ मापदण्ड कायम गरेको हो ।
साविक संविधान सभा हाल व्यवस्थापिका संसदको समानुपातिक निर्वाचन प्रणालीबाट सभाषद्÷सांसद वनेका व्यक्तिहरुलाई आसन्न प्रतिनिधिसभाको निर्वाचनमा अपबाद वाहेक समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार पुनः नवनाउने ।
स्थानीय तहको निर्वाचनमा महानगर÷उपमहानगर, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख पद र अन्य पदमा पार्टीका तर्फबाट उम्मेदवार वनेका व्यक्तिहरुलाई प्रदेश सभा तथा प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवार नवनाउने ।
२०७० को आम निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक वनेकाहरुलाई प्रदेश सभा र प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवार नवनाउने ।
पुनसंरचित ठूलो भूगोल सहितका निर्वाचन क्षेत्र तथा अत्यन्त कम समयावधि भएका कारण यही २०७४ आश्विन २७ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाई सक्ने ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गर्न बरिष्ठ नेता लगायत साथीहरुसँग आवश्यक परामर्श गरि संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने ।