काँग्रेसको मैदानमा कम्युनिष्टको खेल-गगन थापा

काठमाण्डौं, बैशाख ११ ।
नेपाली कांग्रेसका नेता गगन थापाले निर्वाचन समिक्षा र आगामी कार्य्दिशाबारे ५१ पेज लामो प्रतिवेदन केन्द्रीय कार्यसमितिमा पेश गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा बसेको चुनावी समिक्षामा उनले प्रदीप पौडेल, चन्द्रभण्डारी लगायत नेताहरूसँग मिलेर बनाएको प्रतिवेदन थापाले पेश गरेका हुन् ।
मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा कांग्रेसको हार र अबको कार्य्दिशा के हुने? भन्ने प्रतिवेदनमा विस्तृत व्याख्या गरिएको छ । उक्त प्रतिवेदन पेश गर्दै नेता गगन थापाले कांग्रेसले आफ्नो मैदान ७५ प्रतिशत खाली छोडिदिएकोले कम्युनिष्ट आएर खेल जितेको बताएका छन् ।