काँग्रेसको प्रबक्ता विश्वप्रकाश शर्मा

काठमाडौं, पुस २५ ।
नेपाली कांग्रेसले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार, कांग्रेस केन्द्रीय सदस्य शर्मालाई आजबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्ने माग भइरहेका समयमा पार्टी सभापति देउवाले युवा नेता शर्मालाई पार्टी प्रवक्ता बनाएका हुन् । यसअघि दिलेन्द्रप्रसाद वडू प्रवक्ता रहेको कांग्रेस उनीपछि लामो समय प्रवक्ताविहीन थियो । २०७१ फागुनमा पार्टी महाधिवेशन भएयता कांग्रेस प्रवक्ताविहीन थियो ।